सेयर कारोबारीहरु स्वर्णिम वाग्लेमाथि खनिए

सांसद तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेमाथि सेयर कारोबारीहरु खनिएका छन् । वाग्लेले व्यक्त गरेको धारणाप्रति असहमति जनाउँदै उनीहरुले सामाजिक सञ्जालमा वाग्लेको खोइरो खनेका हुन् ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत रहिसकेका वाग्लेले आज राजधानीमा आयोजित नक्कली शरणार्थी प्रकरणसम्बन्धी बहसमा ठगी,किर्ते,भ्रष्टाचार, मानवतस्करी,संगठित अपराधलगायत सबै देखिएकाले उक्त प्रकरण राज्यद्रोहमै गएर टुंगिनुपर्ने बताएका थिए ।

 

 

उनले पछिल्लो समय भ्रष्टाचारीहरुको स्वरुप फेरिएको पनि बेलिबिस्तार लगाए । उनले भने, ‘पहिले नगदमै भ्रष्टाचार हुने गरेको भए पनि अहिले त्यसको स्वरुप फेरिएर सेयरतिर र त्यहाँबाट पनि अघि बढेर सुन,हिरातिर सरेको छ ।’

 

उनले अगाडि भने, ‘हातको हात पैसा ट्रान्सफर नगरेर फलानोको नाममा सेयरहरु राखिदिनु भन्ने रुपमा भ्रष्टाचार भइरहेको छ ।’ नगद र सेयरमा पनि घुस असुरक्षित भएपछि पछिल्लो समय भ्रष्टहरुले हिरा र सुनमा ध्यान दिन थालेको उनको भनाइ छ ।

 

आज दिउँसो वाग्लेले बोलेको उक्त धारणाको विरुध्द सामाजिक सञ्जाल रंगिएको छ । विविध शर्माले वाग्लेको धारणा संक्षेपमा पोष्ट गरेपछि धेरै जनाले उग्र विरोध जनाएको देखिन्छ । पुष्कर थापा क्षेत्री लेख्छन्, यो वाग्ले खत्तम रहेछ त । यसलाई अर्थमन्त्री बनाउन हुँदैन सेयर बजार ध्वस्तै बनाउँछ ।’

 

क्षेत्रीभन्दा पनि उग्र कमेण्ट राउत दिपेन्द्रको छ । राउत लेख्छन्, ‘यो घण्टीहरुको घण्टा निकाल्नुपर्ने भया अब ।’ ‘यो पनि सकिने भयो अब,’ भरत आचार्यको आक्रोश छ । आनन्द पन्तले वाग्लेको क्षमता र भावी कार्यबारे गम्भीर प्रश्न उठाएका छन् । उनी लेख्छन्, ‘यी अर्थविद् पनि अर्थतन्त्रको टाट पल्टाउन आए जस्ता छन् ।’ एक जनाले उनकाे अभिव्यक्तिले खतिवडाकाे छनक दिएकाे उल्लेख गरेका छन् । जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro