गहना निर्माण विदेशी श्रमिककै भर

Ghorahi cement

काठमाडौं। सुुनचाँदी व्यवसायमा काम गर्ने विदेशी कामदारले वार्षिक करिब ३० अर्ब रुपैयाँभन्दा बढी रकम नेपालबाट बाहिर लाने गरेका तथ्याङ्कले पुष्टि गरेको छ । मुुलुकभित्रै रोजगारी नपाएर दैनिक दुुई हजारदेखि दुुई हजार पाँच सयको सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका बेला सुुुनचाँदी व्यवसायीमा भने कामदार अभाव रहेको पाइएको छ ।

 

यस क्षेत्रमा काम गर्ने दक्ष स्वदेशी दक्ष जनशक्ति नहुुँदा भारत र बङ्गलादेशबाट आएका कामदारले सो रकम लाने गरेका छन् । नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुसार मुुलुकभर सुनचाँदी व्यवसायमा दुुई लाखको हाराहारीमा कालिगडले काम गरिरहेका छन् । जसमा झन्डै एक लाख स्वदेशी र एक लाख विदेशी कामदार रहेका छन् । सुनचाँदी व्यवसायमा काम गर्ने अधिकांश कालिगड भारतीय र बङ्गाली मूलका रहेका छन् ।

 

महासङ्घका अनुसार एक लाख विदेशी कालिगडले मासिक दुुई अर्ब ५० करोड रुपैयाँ र वार्षिक झन्डै ३० अर्ब रुपैयाँ नेपालबाट बाहिर लाने गरेका छन् । सुुनचँदी पसलमा काम गर्ने अर्धदक्ष र दक्ष कामदार रहेका छन् । नेपालमा कमाएको रकम यहाँ केही मात्रामा खर्च गर्ने भए तापनि ठूलो हिस्सा भने बाहिरिने गरेको पाइएको छ । साथै विदेशी श्रमिकले कमाएको रकमबाट सरकारलाई कुनै पनि प्रकारको कर राजस्व आम्दानी हुने गरेको पाइँदैन । तिनले मासिक न्यूूनतम २५ हजारदेखि एक लाख रुपैयाँसम्म तलब खाने गरेको बताइएको छ ।

 

प्रतिकालिगडलाई न्यूनतम मासिक २५ हजार रुपैयाँको दरले दिँदा वार्षिक ३० अर्ब रुपैयाँ बाहिर जाने गरेको तथ्याङ्क छ । गहना निर्माण गर्ने उच्चस्तरका कालिगडले मासिक एक लाख रुपियाँसम्म तलब खाने गरेको व्यवसायीको भनाइ छ । गोरखापत्र दैनिकबाट

Shangri-la Development Bank Ltd.
Nepali patro