पछिल्लो समय बैंक ब्याजदरमा तुलनात्मक सुधार हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो समय बैंक ब्याजदरमा तुलनात्मक सुधार हुँदै गएको बताएका छन् ।

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

“पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुँदै आएको छ । हाल बैंकको ब्याजदर तुलनात्मक सुधार हुँदै गएको छ,” उनले भने, “अन्तर्राष्ट्रिय स्तरमा नै अहिले अर्थतन्त्र चापमा छ । तर, अहिले क्रमिक सुधार हुँदै गएको छ ।”

Shangri-la Development Bank Ltd.
Nepali patro