सहकारीको रकम तिर्न नसकेपछि मेयर सम्पर्कविहीन

काठमाडौं। बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

 

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपाली सहकारीको करोडौं रुपियाँ तिर्न नसकेपछि सम्पर्कविहीन भएका हुन् ।

 

कुनै बेला घरको छतमा हेलिकोप्टर रोक्ने, निकै तामझामका नेताहरूलाई आफ्नो प्रभावमा पारेका नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोप छ ।

 

‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरूले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले सम्पर्क गर्न खोज्यौं । तर, उहाँ सम्पर्कविहीन हुनुहुन्छ’ –बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन् ।

 

श्रेष्ठका अनुसार ४ दिन अगाडि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएका कारणले निरन्तर रूपमा मानसिक तनाव आएको भन्दै मेयर नेपालीले पत्र दिएका थिए ।

 

पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै उनले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेको श्रेष्ठको भनाई छ। आजको नेपाल समाचारपत्र दैनिकबाट

Shangri-la Development Bank Ltd.
Nepali patro