देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी: अर्थमन्त्री महत
वि.सं.२०८० जेठ २९ सोमवार
shares
Photo By: अर्थमन्त्री डा. महत
काठमाडौँ, २७ वैशाख:
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि प्रतिनिधिसभाका सदस्यहरूबाट उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : चन्द्रकला क्षेत्री/रासस
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले वजेट निर्माण भएको बताएका छन्। नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ५ ले आज सोमबार विहान यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरेका छन्। “केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोठका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ”, उनले भने। निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको उनको भनाइ छ।
अर्थमन्त्री डा.महतले आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पारे। “हाम्रा आकाङ्क्षाहरु धेरै छन् तर स्रोत र साधन सीमित छन्, भएका स्रोत साधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ”, उनले भने।
नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका डा. महतले पार्टीभित्र अनुशासन जरुरी रहेको बताए। पार्टीभित्र एक अर्काप्रति आदर र सम्मान गर्ने परिपाटी राख्नुपर्ने उनको भनाइ थियो। उनले कांग्रेस बलियो भए कुनै राजनीतिक दल र शक्तिसँग समन्वय र गठबन्धन गर्न नपर्ने बताए। पार्टीभित्र छलफल गरी निष्कर्ष निकालेर बाहिर एक स्वरका साथ जानुपर्ने उनको भनाइ छ। व्यक्ति पार्टीभन्दा ठूलो बन्न नसक्ने डा. महतले बताए।































