विभिन्न माओवादीका मन्त्रीहरुको सचिवालयमा बसेका भण्डारी तानिए सुन काण्डमा

22.4K
shares
Nabil bank

काठमाडौं।भ्रष्टाचार मुद्धा खेपिरहेका विध ल्याबका मालिक भीमकान्त भण्डारी अहिले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पुगेका छन् बयान दिनका लागि ।

 

चार मन्त्रीका स्वकीय बसेर चार बर्षमै ६ करोड भन्दा बढी अकुत आर्जनको मुद्धा खेपिरहेका भण्डारी ६० किलो सुन तस्करी प्रकरणमा समेत जोडिएसँगै बयानका लागि केन्द्रीय अनुसन्धान व्युरो सिआइबी पुगेका हुन । केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारीका अनुसार भण्डारी बिहान ९ बजे बयानका लागि सिआइबीमा पुगेका थिए ।

 

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीको अस्वाभाविक मोबाइल सम्पर्क र सन्देश आदान प्रदान गरेको भेटिएपछि सीआईबीले आइतबार बोलाएर बयान लिएको हो

 

उनै दावा छिरिङसँग सम्पर्क देखिएपछि सीआईबीले भण्डारीसँग बयान लिएको हो ।

 

भण्डारीले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा पनि मुद्दा खेपिरहेका छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायकका रुपमा कार्यरत रहँदा भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी ६ करोड २४ लाख ४ हजार अकुत वा गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध विशषेमा मुद्धा दायर गरेको थियो ।

 

उनलाई नजिकबाट चिन्नेहरुका अनुसार कुनै समय काठमाडौंमा कोठाभाडा तिर्न नसकेर एक हजार सापटी माग्ने भण्डारी छोटो समयमै रातारात करोडपतिमा रुपान्तरित भएका थिए ।

 

भण्डारी जागिरे जीवनका क्रममा रहँदा तत्कालीन स्थानीय विकास मन्त्री हितराज पाण्डे ,महिला बालबालिका मन्त्री आशा कोइराला,अर्थमन्त्री कृष्णबहादुर महरा र उर्जामन्त्री बर्षमान पुनको सचिवालयमा बसेर काम गरेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x