म्याद नाघेकाे कार्ल्स बियर खुलेआम बिक्री, सर्वसाधारणको स्वास्थ्य माथि खेलभाँड

158.3K
shares
Nabil bank

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक दोहोरी साँझमा म्याद नाघेको बियर बिक्री गर्नेलाई काठमाडाैं महानगरले जरिवाना तिराएकाे छ । बजार अनुगमनको क्रममा ठमेलस्थित गामबेंसी दोहोरी साँझमा ग्राहकलाई म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएपछि जरिवाना तिराइएकाे काठमाडौं महानगरपालिकाले जनाएको छ ।

 

एक जना ग्राहकले आइतबार साँझ देवदास मानन्धरले सञ्चालन गरेका सो दोहोरी साँझमा कार्ल्सवर्ग बियर पिउने क्रममा म्याद गुज्रेको फेला पारे लगत्तै काठमाडौं महानगरमा ग्राहकले नै उजुरी गरेका थिए । उनकै उजुरीका आधारमा सोमबार महानगरको अनुगमन टोली सो दोहोरी साँझमा छापा हान्न पुग्दा दोहोरी साँझका सञ्चालक मानन्धरले अनुगमन टोलीलाई सधैं आफूले बियर ल्याउने ठमेलकै भीम स्टोरमा पुर्‍याएका थिए ।

 

 

सोमबार बिहान सो स्टोर्समा म्याद गुज्रेको अन्य बियर फेला नपरेपछि साँझ फेरि महानगरको अनुमगन टोलीले स्टोर्समा छड्के अनुगमन गर्दा साे क्रममा ८ वटा म्याद गुज्रेको बियर फेला परेको हाे । म्याद गुज्रेको बियर भेटेपछि तत्काल स्टोर्सका सञ्चालक मानन्धरलाई चेतावनीसहित दुई लाख रुपैयाँ जरिवाना तिराइएकाे महानगरले जनाएकाे छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x