आज यी क्षेत्रहरूमा चट्याङ सहित बर्षाको सम्भावना रहेको छ
वि.सं.२०८० असोज २५ बिहीवार
1.6K
shares
shares
Photo By: Commuters walk through heavy monsoon rain in Shimla on Tuesday. Rain fell in several areas of India, bringing down temperatures in the region as the monsoon season approaches.
Photo Amit Kanwar
काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, आज राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


























