“समृद्धिका आयाम” पुस्तक बजारमा

3.8K
shares

सहसचिव प्रयासको “समृद्धिका आयाम” पुस्तक बजारमा

 

काठमाडौँ। “समृद्धिका आयाम” नामक पुस्तक बजारमा आएको छ। हाल सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव नेत्र सुवेदी ‘प्रयास’ ले लेखेको यो पुस्तक बिहिबारबाट बजारमा आएको हो।

यो पुस्तकमा मुलुकको समृद्धिका लागि बहुपक्षीय विश्लेषण गरि लेखिएको छ। ५२० वटा पृष्ठयुक्त यस पुस्तकमा ६९ वटा आलेखह, ३० भन्दा वढी व्यक्तित्वहरुको शुभकामना र शुभेच्छा समेटिएको छ।

त्यस्तै २०७८ मा प्रकाशित पुस्तकलाई नयाँ सन्दर्भहरु समेटी तथ्यांक अध्यावधिक सहित परिमार्जित संस्करण प्रकाशित गरिएको छ। पहिलोपटक पुस्तक प्रकाशित हुँदा ३ महिनाको अवधिमा प्रकाशित प्रति विक्री भएको थियो।

“समृद्धिका आयाम” पुस्तकमा विषयगत के समेटिएको छ?

–लोकसेवातर्फको सहसचिव, उपसचिव र शाखा अधिकृतको परीक्षाका लागि आवश्यक विषयगत ज्ञान, सन्दर्भजन्य अनुभवहरु र सिर्जनशील सुझावहरु समावेश छन् ।

–नेपालको समग्र समृद्धिका लागि आवश्यक आयामिक विषयमा गहिरो विश्लेषण

–जोसुकै पाठकहरुले अध्ययन गर्न, संग्रह गर्न र उपहारका रुपमा प्रयोग गर्न

–पुस्तकालयहरुमा समावेश गरी धेरै पाठकहरुमाझ सजिलै उपलव्ध गराउने वातावरण तयार गर्न ।

को हुन लेखक ‘प्रयास’

लेखक प्रयासले विं.सं.२०४३ मा एसएलसि परीक्षा दिए। २०४५ मा नतिजा आयो । यो बीचमा उनी भारतको दिल्लीस्थित प्रेसर कुकरको सिटि बन्ने कारखानामा काम गरे।

बौद्धस्थित बौद्ध वोर्डिङ स्कूलमा साइन्स टिचरको रुपमा २ वर्ष काम गर्दै विस्सीको लागि खर्च जुटाउँथे।

एसएलसीदेखि स्नातकोत्तर सवै तह प्रथम श्रेणीमा उतीर्ण तथा एमफिलमा सर्वोत्कृष्ट अंक ल्याई प्रधानमन्त्रीको हातबाट स्वर्ण पदक समेत पाएका थिए।

कोरियन सरकारको छात्रवृत्तिमा ःब् (क्ष्लतभचलबतष्यलब ित्चबमभ) आजु विश्वविद्यालय, दक्षिण कोरियाबाट राम्रो अंक ल्याई पूरा गरेका उनले सोही अवधिमा दक्षिण कोरियामा रहेका अन्तराष्ट्रिय विद्यार्थीहरुका वीचमा आयोजना भएको निवन्ध प्रतियोगितामा द्वितीय स्थान ल्याई सम्मानित एवम् पुरस्कृत समेत भएका थिए।

निजामतिमा प्रवेश

२०५२ साउन १ गते पहिलो जागिरको रुपमा तथ्यांक सहायकमा नियुक्त भएका उनको निजामती क्षेत्रमा अहिले २८ वर्ष पुरा भएको छ। तथ्यांक सहायकमा रहेर झण्डै चार वर्ष काम गर्दा उनले न्यु एरा भन्ने संस्थासँग तथ्यांक विभागले संयुक्त रुपमा सञ्चालन गरेको नेपाल मल्टीपल इन्डीकेटर सर्वे नामक सर्भेको क्रममा १० भन्दा वढी जिल्लाका २५ भन्दा वढी क्लस्टरमा पुगेर सर्भे गरेका छन।

प्रयास सहयाक सिडियो देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरेका छन। हाल प्रयास सुचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा सहसचिवको रुपमा कार्यरत छन। प्रयासले स्थानीय तह, प्रदेश, हिमाल, पहाड, तराईको कार्यानुभव लिएका छन। नेपालका ७४ जिल्ला र नेपाल वाहिर ८ देश (भारत, चीन, श्रीलंका, कोरिया, थाइल्याण्ड, जापान, फिलिपिन्स र सिंगापुर) भ्रमण गरेका छन।

civil hospital
Hams Hospitals