नेपाल इन्भेष्टमेन्ट मेगाले ल्यायो यातायात कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा

Ghorahi cement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यातायात व्यवस्था कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्युआर कोड मार्फत विभिन्न शिर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहिहरुलाई लामो समय लाइनमा बसेर नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएको छ ।

 

क्युआर कोड प्रणालीवाट राजश्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोवार हुनुका साथै नगद रहित कारोवारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ । हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भर्याङ, सानो भर्याङ, नारायणगढ, महेन्द्रनगर बाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए ।

 

बैंकले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ्क काउन्टरहरूबाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro