आजको विनिमयदर थाहा पाउनुहोस्

Ghorahi cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५१ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ७२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ३६ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८ रूपैयाँ ८६ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ९० पैसा र बिक्रीदर २८ रूपैयाँ ०२ पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ७९२पैसा र बिक्रीदर ४३१ रूपैयाँ ८६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८९ पैसा तोकिएको छ ।

Nepali patro