पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देशका साथ नबिल बैंकको दशैं भिडियो सार्वजनिक (भिडियोसहित)

23K
shares
Nabil bank

काठमाडौं।युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्ढो क्रममा छ ।

 

पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक लिमिटेडले एउटा सन्देशमूलक दशैं भिडियो सार्वजनिक गरेको छ ।

 

विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र समाजिक भावना दर्साउनका लागि भिडियो सामाग्री पस्कँदै आएको नबिल बैंकले बडादशैंको पूर्वसन्ध्यामा यो भिडियो सार्वजनिक गरेको हो । यस भिडियो मार्फत् छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको छ ।

 

यस भिडियोमार्फत् उच्च शिक्षा पश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको छ । साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुवाआमाको भावना पनि देखाउन खोजिएको छ ।

नेपालको अग्रणी बैंकका रूपमा स्थापित नबिल बैंकले युवालाई केन्द्रित गर्दै विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ । शैक्षिक कर्जा, युवा उद्यमी कर्जा लगायतका कार्यक्रमका साथमा बैंकले नबिल सामाजिक उद्यमशीलता अन्तर्गत नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

 

देशभरका २६६ शाखा र ३१० एटिएमबाट १८ लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको नबिल, नेपालको बैंकिङ इतिहासमा नवीनतम सेवाको सुरुवात गर्ने बैंकको रूपमा परिचित छ ।

civil hospital
Hams Hospitals