Banner ad for NADA AUTO SHOW -2026

सिटिजन बैंकद्धारा बैकिंग सुरक्षा सम्बन्धि भिडियो सार्वजनिक, कस्ता छन् बैकिंग सुरक्षा सम्बन्धि सन्देश

नयाँ नयाँ प्रविधिको विकास संगै बैंकिङ क्षेत्र पनी प्रविधिमय बन्दै गएको छ ।

3.7K
shares

काठमाण्डौँ । नयाँ नयाँ प्रविधिको विकास संगै बैंकिङ क्षेत्र पनी प्रविधिमय बन्दै गएको छ । धेरै सहदसम्म क्यास लेस कारोबार हुन थालेको छ । घन्टौ बैंकमा लाईन बसेर क्यास निकाल्न पर्ने झन्झट कम हुँदै गएको छ । महिनौ सम्म बैंकमा जानै पर्दैन सबै कारोबार आफुसंग भएको मोबाईलबाट गर्न सकिन्छ । बैंकहरुले थालनी गरेको डिजिटल कारोबार प्रणाली प्रशंसनिय छ । अझ सिटिजन र्बैकले आप्mना ग्राहकहरुलाई कारोबारमा सहज बनाउनका निमिक्त धेरै किसिमको सेवाहरु अनलाईन प्ल्याटफर्म बाटै दिदै आएको छ । 

 

यस अनलाईन, डिजिटल बैंंिकङ कारोबारलाई सुरक्षित बनाउनका लागि आवश्यक सुचनाहरुको संग्रह सहित बंैकिग सुरक्षा सम्बन्धि सचेतनामुलक भिडियो बैंकका सिईओ गणेशराज पोखरेलद्धारा सार्वजनिक गरिएको छ । सबै बैंकिङ कारोबार डिजिटल माध्यामबाट गर्नका लागि यस भिडियो मार्फत जनहितमा सन्देश सम्प्रेषण गरिएको छ । सिटिजन बैंक निरन्तर नयाँ नयाँ प्रविधिसंगै अगाडी बढीरहेको छ । आफ्नो मोवाईलमा मोबाईल बैंकिङ एप डाउनलोड गरी कारोबार गर्नका लागि सबैलाई अनुरोध गरिएको छ । सबै कारोबार डिजिटल्ली गर्ने भनेर मात्र हुदैन आफ्नो रकमको सुरक्षा गर्नका लागि अनलाईन,मोबाईल बैंकिङ सेवा प्रयोग गर्दा विविध पक्षमा ध्यान दिनुपर्ने कुराहरु बारे जानकारी दिन खोजिएको छ । डिजिटल प्रणालीले पैसाको कारोबार गर्नका लागि धेरै सहज बनाएको छ तर यस संगै धेरै सुरक्षित तरिका पनि अपनाउन पर्ने विषयप्रति सचेत गराउन खोजिएको छ ।

 

अनलाईन बैंकिङ मार्फत कारोबार गर्नुपुर्ब यसको विषयमा सबै जानकारी लिनु महत्वपुर्ण हुन्छ र ख्याल ख्यालमा सबै थाहा छ भन्दै जसरी पनी प्रयोग गर्न थालियो भने समस्यामा पर्न सकिन्छ त्यसैले अनलाईन बैंकिङ सेवा सुचारु गर्दा बैंकको आधिकारीक वेबसाईट बाट मात्र प्रयोग गर्ने, आधिकारीक एप मात्र डाउनलोड गर्ने, अनलाईन बैंकिङ प्रयोग गर्ने मोबाईल, ल्यापटप, ग्याजेटलाई पासपोर्ट, पिन, प्याटर्न र बायोमेट्रिकले अनिबार्य रुपमा लक गर्ने, अनलाईन बैकिङको युआरएल सधैँ टाईप गर्ने, कुनै पनी इमेल लिंक वा हाईपर लिंक क्लिक गर्ने गर्न नहुने सन्देश दिईएको छ । यसका साथै अनलाईन बैंकिङको प्रयोगमा ओपिटि, फिंगर प्रिन्ट, मोबाईल नम्बर प्रयोग गर्ने, बैंकको सबै किसिमको अलर्ट सेवाहरु लिने जसले गर्दा ग्राहकको खातामा हुने कुनै पनि किसिमको गतिविधिहरुको विषयमा तुरुन्त सुचना दिने गर्छ ।

 

आफ्नो बंैकको स्टेटमेन्ट समयमा समयमा चेक गर्र्ने, आफ्नो बैंक अकाउन्टको पासपोर्ट, पिन कोर्ड,सिभिसी,ओपिटी,एमपिन,ट्रान्जेक्सन पिन कसैलाई पनी कुनै पनि माध्याम बाट दिन नहुने, बैंकको कर्मचारी हो भनी फोन गर्यो भने पनी यी कुराहरु सार्वजनिक गर्न नहुने भनी महत्वपुर्ण सुचना सम्प्रेषण गरिएको छ । बलियो पासपोर्ट प्रयोग गर्ने र समय समयमा परिवर्तन गर्र्ने, पासपोर्टहरु कुनै पनि ब्राउजरमा सेभ गरेर राख्न नहुने, सकेसम्म सार्वजनिक वाईफाईबाट बैंकिङ कारोबार गर्न नहुने, आफ्नो मोबाईल वा अनलाईन बैंकिङ एपलाई सधै अप टु डेट राख्ने र कुनै पनि शंकास्पद गतिविधि भएको शंका लागेमा सम्वन्धित बैंकलाई तुरुन्त खबर गर्नुपर्छ । यदी एटिएम कार्ड हराएमा तुरुन्त बैंकलाई सम्पर्क गरी ब्लक गराउन लगाउन पर्छ । यी महत्वपुर्ण डिजिटल्ली बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने र सचेत रहनुपर्ने कुरामा सन्देश प्रवाह गरिएको छ र यी कार्यहरुमा ध्यान दिएमा डिजिटल बैंकिङ कारोबार सुरक्षित तरिकाले गर्न सकिने यस भिडियो मार्फत महत्वपुर्ण सन्देश प्रवाह गर्न खोजिएको छ ।

 

हाल ग्राहकहरुको सहजिकरणका निमिक्त बैंकले नयाँ भिषा कार्ड अनुरोध, पिन अनुरोध, कार्ड ब्लक गर्ने जस्ता सेवाहरु अनलाईन तथा मोबाईल बैंकिङ मार्फत प्रदान गरिरहेको छ । सिटिजन्स बैंकका ग्राहकले क्यूआर कोड रजिष्ट्रेसन अनुरोध, अकाउन्ट नम्बर परिवर्तन, मेरो सेयर अनुरोध, सिआरएन नम्बर अनुरोध, डिम्याट तथा आस्वा सेवा, शेयर रिन्यू लगायत अन्य धेरै सेवाहरु अनलाईन मार्फतबाटै पाईरहेका छन् । बैंकले देशमा मात्रै नभएर विदेशमा समेत चल्ने एनपीआर र यूएसडी डेबिट कार्ड क्रेडिट कार्ड मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

civil hospital
Hams Hospitals