घट्यो सुनको मूल्य
वि.सं.२०८० मंसिर १९ मंगलवार
1.1K
shares
shares
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ५ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
























