आज यी क्षेत्रहरूमा हल्का बर्षा र हिमपातको सम्भावना

1.9K
shares

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको । तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ।

 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

 

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

civil hospital
Hams Hospitals