‘घरजग्गा र शेयर कारोबार बढ्न थालेको छ, यसमा आएको उत्साहले सकारात्मक संकेत दिएको छ,’: अर्थमन्त्री महत
वि.सं.२०८० मंसिर २७ बुधवार
shares
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिमा गरिएको परिवर्तनले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको बताएका छन् ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रका साथै घरजग्गा कारोबार र शेयरमा सकारात्मक प्रभाव देखिएको बताएका हुन् । ‘घरजग्गा र शेयर कारोबार बढ्न थालेको छ, यसमा आएको उत्साहले सकारात्मक संकेत दिएको छ,’ उनले भने।
अर्थमन्त्री महतले २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनसंरचना गर्ने अवधि दिइएको पनि जानकारी दिएका छन्। ‘यसले हाल घट्दो व्याजदरले विविध कारणले बैंक ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिनेछ,’ उनले भने।
उनले सम्झौताबमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको समेत बताए।

























