आज यी क्षेत्रहरूमा आंशिक बदली, तराईमा हुस्सु

वि.सं.२०८० मंसिर २९ शुक्रवार
1.7K
shares
shares

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु लागेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै आज राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।