यात्रा अनुभुति

Ghorahi cement

जिवन यात्राहरुको संगाालो हो । एकै स्थानमा बसिरहूँ भन्दा पनी बस्न पाईदैन । फेरी एकै स्थानमा बसेर पनि जिविका चल्दैन, गाह्रो छ नी । कुनै न कुनै काम विशेषले जिवनभर यात्रा गरीरहनु पर्ने हुन्छ । जिवन यात्रा नै हो । जिवन र यात्रा बिच एक आपसमा निकट सम्बन्ध छ र त यात्रा अपरिहार्य छ ।

 

यात्रा तय गर्ने क्रममा काठमाण्डौँ देखि जनकपुर सम्मको यात्रामा निस्किए । मनभरी एक किसिमको उत्साह थियो । मेरो लागि सिन्धुली बर्दिबास हुँदै जनकपुर सम्मको यात्रा पहिलो पटक थियो । जहाँको यात्रा भएपनी पहिलो पटकको यात्रा निकै उत्साहपुर्ण हुुन्छ । नयाँ नयाँ ठाउ अवलोकन गर्ने, ठाउँहरुको महत्वबारे बुझ्ने कौतुहलता मनभरी हुन्छ । जिज्ञासा धेरै हुन्छन अनी ति ठाउँहरुको बारेमा पहिला नै अवलोकन गरीसकेको र थाहा भएको व्यक्ति यात्रामा भेटिदा उक्त यात्रा थप रमाईलो हुने गर्दछ ।

 

नयाँ नयाँ ठाउ घुम्न रुचाउने म, तर काम नै कामले गर्दा घुम्ने उद्धेश्यले मात्र यात्रा तय गर्ने समय नै मिलिरहेको हुुदैन । अफिसियल कामले जाँदा धेरै स्थानहरु अवलोकन गर्ने अवसर त मिलेको छ तर घुम्ने उद्धेश्यले मात्र यात्रा गर्दा बढी रमाईलो हुन्छ किनकी त्यहा कुनै पनी किसिमको कार्य जिम्वेवारी हुदैन। काम विशेषले यात्रा गर्दा पनी यात्रालाई उपलब्धिमुलक बनाउने प्रयत्न भने गरीरहेको हुन्छु ।

 

काठमाण्डौँको रानीबन देखि शुरु भएको यात्रा गौशाला हुदै भक्तपुर, काभ्रे जिल्ला छिचोल्दै अगाडी बढ्यो । धुलिखेल देखि पुर्व दिशातर्फका स्थानहरु अवलोकन गर्ने अवसर मिलेको थिएन । काभ्रे जिल्लाको बजार क्षेत्र मध्ये भकुण्डेबेशी पनी एक महत्वपुर्ण बजार क्षेत्र रहेछ । समथर भुभाग,उब्जनी योग्य फाँटहरु निकै सुन्दर र आकर्षक देखिन्थे । काभ्रे जिल्लाको रोशी गाउँपालिकाको सिमा समाप्त भएपश्चात सिन्धुली जिल्ला शुरु भयो ।

 

केही समय पश्चात सेतीदेवीे मन्दिर क्षेत्रमा पुग्यौ । उक्त सडक भएर यात्रा गर्ने यात्रुहरुको सुरक्षित यात्राको कामना गर्दै सेतीदेवीको मन्दिरमा पुजा अर्चना गर्ने, ऐना राख्ने गरिने रहेछ । सडकका भित्ताभरी ऐना नै ऐना निकै आकर्षक देखिन्थे । टिकटकमा निकै देखिने दृश्य मध्ये यस स्थानको दृश्य पनी हो । लुकेका ठाउँहरुको उजागर, प्रतिभा उजागर, व्यवसाय प्रवबद्र्धन, पर्यटन प्रबद्र्धनमा टिकटकले राम्रो योगदान गरीरहेको थियो । मनोरञ्जनको लागि पनी परिस्कृत प्लाटफर्म थियो टिकटक एप्स । केही विकृती फैलाउने भिडियोहरुले गर्दा त्यसलाई कडाई गर्न तिर नलागी सरकारले एप्स नै बन्द गरिदियो । कतिले विरोध त कतिले समर्थन गरे । सर्बाधिक रुचाईएको एप्स टिकटकसंग रमाउन पाईएला या त नपाईएला ? सरकारको मुडमा भर पर्ने विषय भयो ।

 

स्थलमार्ग प्रयोग गरी यात्रा गर्दा निकै गाह्रो हुने मलाई सायद नयाँ ठाउको यात्रा भएर होला त्यस्तो असहज महसुस भएन । सिन्ुधुलीको घुमाउरो बाटो भिडियोहरुमा देख्दा पनी रिंगटा नै लागे झै हुन्थ्यो । गाह्रो हुन्छ होला भन्ने महसुस गरेकी थिए । उत्साहित मनले हर परिस्थितिहरुलाई सहजतामा परिणत गर्ने रहेछ । सायद निकै उत्साहित थिए त्यसैले होला ।

 

खोला पारी रामेछाप खोला वारी सिन्धुली बिचमा अबिरल बग्दै गरेको सुनकोशी र तामाकोसी रामेछाप पट्टिको भुभागमा मध्य पहाडी लोकमार्ग बन्दै गरेको निकै रमणिय स्थानहरुको अवलोकन गर्दै गर्दै गयौँ । सिन्धुलीको मुल्कोट, खुर्कोट त्यहाँको सुन्तला, जुनार, लोकल माछा निकै मिठो हुन्छ भन्ने सुनेकी थिए । जुनार र सुन्तलाले बजार नै पहेला देखिन्थे । अझ खनियाखर्कमा मिठो जुनार पाईन्छ भनेर हामीले त्यही गएर किन्यौ । निकै चिसो मौसम, उच्च भुभागमा अवस्थित खनियाखर्कमा जुनार, सुन्तला लगायत त्यहाको स्थानीय उब्जनी भएका तरकारीहरु किन्यौ । खनियाखर्कमा झै असाध्यै मिठो र रसिलो जुनार सुन्तला अन्त सायदै पाईन्छ होला । एकपटक स्वाद लिए पश्चात सधै सम्झनामा रहिरहने स्वादिला, रसिला जुनार र सुन्तला ।

 

काभ्रे, सिन्धुलीको बेशी भुभागमा खेती योग्य जमिनहरु,उर्बरभुमि हेरीरहुँ झै लाग्ने । ठाउँ अनुसार उत्तिकै विविध सम्भावनाका खानीहरु ।

 

सिन्धुलीको सदरमुकाम नपुगेसम्म अधिकांश बाटोहरु घुमाउरो । ति घुमाउरो बाटोहरु संगै मेरो मन पनी धुम्दै थियो, सोचमा मग्न थियो । अथाह सम्भावना, विविध छटा, मनोरम सुन्दरताले श्रृंगारित यति सुन्दर देश नेपालमा विकासले किन गति लिन सकिरहेको छैन? सम्भावनाहरुलाई दिगो विकासको मोड्युलमा बदल्दै यो देशको विकास गर्न कहाँ चुकिरहेको छ सरकार ? मेरो देशको विकासले फड्को मार्ने हो भने, योग्यता र क्षमता अनुसार यही अवसरहरु भैदिए किन अरुको देशमा जाने सोच आउथ्यो होला र ? जानै परे सरर पर्यटक भएर घुम्न गईन्थ्यो । यस्तै यस्तै सोचहरुले मनभरी तछाडमछाड गर्दै थियो ।

 

मिठो जुनारको स्वाद लिदै लिदै तराई तर्फ ओरालो झर्यौ । खनियाखर्कमा अत्यन्त चिसो तराई तर्फ झर्दै गर्दा गरम गरम महसुुस । हिमाल , पहाड , तराईको विशेषता बेग्लै, महत्व बेग्लै, सुन्दरता बेग्लै, उब्जनी हुने मौसम अनुसारका बालीहरु बेग्लै, उब्जाईएका बालीहरुको स्वाद बेग्लै, भाषा संस्कृति रितिरिवाज बेग्लै अनी बेग्लै बेग्लैको महत्व झन अलग्गै ।

 

यात्राको क्रममा हामी बर्दिबास पुग्यौँ । लालगढ हुदै ढल्केबरदेखी पुर्व तर्फ मोडियौ । नेपालको प्रथम राष्ट्रपतिको गाउँ सपही हुदै धार्मिक तथा पर्यटकिय नगरी जनकपुर तर्फ लाग्यौ । काठमाण्डौमा लगाएको न्यानो कपडा जनकपुरमा काम लागेन । काठमाण्डौ देखि जनकपुर सम्म आउदा तिन किसिमको मौसम कही अत्यधिक जाँडो, कहि मध्यम, कहि गर्मी । त्यही त विविधतामा अनेकता, सुन्दर मेरो देश नेपाल ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro