मन्त्रीहरुलाई राजधानी नछाड्न प्रधानमन्त्रीको निर्देशन
वि.सं.२०८० पुस ३ मंगलवार
1.8K
shares
shares
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुलाई काठमाडौँ नछाड्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले ५ पुसदेखि १० गतेसम्म काठमाडौँ छाडेर बाहिर नजान निर्देशन दिएका हुन् । उक्त अवधिमा उपत्यकाबाहिर कुनै पनि कार्यक्रम नराख्न निर्देशन आएको एक मन्त्रीले जानकारी दिए ।
तर, कारण भने नखुलाइएको उनले बताए । ‘पुस ५ गतेदेखि १० गतेसम्म कामठाण्डुबाहिर नजान प्रधानमन्त्रीको निर्देशन आएको छ । कारण खुलाइएको छैन’, ती मन्त्रीले भने । प्रधानमन्त्रीको निजी सचिवालय श्रोतका अनुसार मन्त्रीहरुको एक वर्षको कार्यसम्पादन मूल्याङकनका लागि प्रधानमन्त्रीले रिपोर्ट कार्ड मागेका छन् । पुस १० गते सरकार गठनको १ वर्ष पुग्दैछ।



























