सुनको मूल्य बढ्यो
वि.सं.२०८० पुस ११ बुधवार
1.1K
shares
shares
काठमाडौं । केहि दिन यता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २० हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले बढेको हो । मंगलबार पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २० हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २० हजार १०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४ सय ७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।































