नेफ्स्कूनकाे बैठक भत्ता ३२ हजार, मोबाइल खर्च छुट्टै

Ghorahi cement

काठमाडौं।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक समिति र लेखा सुवरीवेक्षण समितिका सदस्यहरुले बैठक कति भत्ता बुझ्छन् ? बचत तथा ऋण सहकारीहरुको एक मात्र शीर्ष संस्था हुनुका कारण नेफ्स्कूनको बैठक र सदस्यहरुले पाउने भत्ताबारे धेरैलाई चासो हुन्छ । जुन स्वभाविक पनि हो ।

 

नेफ्स्कूनकाे यौटा बैठकमा ३२ हजारसम्म भत्ता दिइन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु स्वयंसेवी हुने संघले बैठक भत्तावापत मोटो रकम बाँड्ने गरेको छ ।

 

 

संघको सेवा/सुविधा निर्देशिका, २०७७ (संशोधन) मा सञ्चालक समिति, लेखा सुवरीवेक्षण समिति र विभिन्न उपसमितिका सदस्यहरुलाई बैठक भत्ता, आते/जाते, आवास, सञ्चार वापत रकम प्रदान गर्ने व्यवस्था छ । जसमा भूगोल अनुसार प्रतिनिधित्व गर्ने सदस्यलाई भत्ता वितरण गरिने उल्लेख छ ।

 

जसअनुसार काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्नेले प्रतिबैठक १० हजार, झापाबाट २६ हजार, मोरङबाट २५ हजार २ सय, सर्लाहीबाट २२ हजार ६ सय र पर्साबाट बैठकमा आउनेले २१ हजार ५ सय पाउने गरेका छन् । त्यस्तै, चितवन २२ हजार, रुपन्देही २३ हजार, नवलपरासी २५ हजार, बर्दिया २८ हजार, कञ्चनपुर ३२ हजार, सुर्खेत ३० हजार, बागलुङ २६ हजार, पोखरा र दोलखाबाट प्रतिनिधित्व गर्नेले २२ हजार रुपैयाँ भत्ता लिँदै आएका छन् ।

 

 

यसका साथै संघले मोबाइलमा रिर्जाज बापत प्रतिमहिना अध्यक्षका लागि ३ हजार, पदाधिकारी र लेखा समिति संयोजकलाई २ हजार ५ सय, सञ्चालक र लेखा सदस्यलाई २ हजार प्रदान गर्दै आएको छ । उपसमिति एवं कार्यदलहरुको बैठक भत्ता २ हजार रुपैयाँ रहेको छ ।

 

तर, सञ्चालक समितिको वार्षिक ९ पटक र लेखा समितिको हकमा वार्षिक ४ पकटभन्दा बढी नहुनेगरी भत्ता प्रदान गर्ने नीतिगत व्यवस्था नेफ्स्कूनले गरेको छ । जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro