सुनको मूल्य घट्यो

1.1K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २० हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँ रहेको छ ।

 

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४ सय ५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited