घट्यो सुनको मूल्य

996
shares
Nabil bank

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ७०० र चाँदीको पाँच रुपैयाँले घटेर कारोबार भएको हो ।

 

यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited