आजको मौसम:यस्तो छ मौसम पूर्वानुमान
वि.सं.२०८० पुस २७ शुक्रवार
1.1K
shares
shares
काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । आज बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

























