स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

1.1K
shares

पोखरा । पोखरामा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पोखरा २४ कास्कीकोटमा ग१क ४०८२ नम्बरको बसले ठक्कर दिँदा बाल प्रतिभा बोर्डिङ स्कुलमा अध्ययनरत ३ वर्षीय समीर कार्कीको मृत्यु भएको हो ।

 

उनी नर्सरी कक्षामा अध्ययनरत थिए । ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‍याएको थियो । उपचारकै क्रममा मृत घोषणा गरेको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

civil hospital
Hams Hospitals