नापी सर्वेक्षक सहित ३ जना पक्राउ

13.9K
shares
Nabil bank

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।

 

आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको हो ।

 

 

 

आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई नापी कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।

 

तीनै जनामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x