इन्टरपोलको सहयोगमा कतारबाट पक्राउ
वि.सं.२०८० माघ ११ बिहीवार
1.3K
shares
shares
काठमाडौं । बलात्कार मुद्दामा फरार युवकलाई इन्टरपोलको सहयोगमा कतारमा पक्राउ गरेर नेपाल ल्याइएको छ ।इन्टरपोलबाट रेड नोटिस जारी भएका सुनसरीको वराहक्षेत्र नगरपालिका–१९ घर भएका सेहमान खाँलाई नेपाल ल्याइएको हो ।
२५ वर्षीय सेहमानलाई म्याद थप गर्न सुनसरी जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।एनसिबी दोहासँग समन्वय गरेर उनलाई नेपाल ल्याइएको हो।




























