रचना रिमाल चढेको जीप दुर्घटना

1.9K
shares
Shine resunga department bank

काठमाडौं। गायिका रचना रिमाल चढेको जीपलाई ट्रकले ठक्कर दिएको छ। नेपालगन्जबाट दाङको लमही महोत्सवका लागि हिँडेकी रिमाल चढेको बा१६च ८३४३ नम्बरको स्कार्पियोलाई ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो ।

 

वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले जीपलाई ठक्कर दिएपछि उनी महोत्सवमा उपस्थित हुन सकिनन्। उनको अवस्था सामान्य रहेको बताइएको छ।

 

 

 

उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराउँदै लेखेकी छन्, ‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडीलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो। गाडीमा केही क्षति पुगेको छ। यात्रुहरू हामी सबै सकुशल छौँ। साथै, आज लमही महोत्सवमा हुने भनिएको मेरो सांगीतिक प्रस्तुति भोलि रहने सबैमा जानकारी गराउँदछु। आज उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु।’

Sharestha treating