सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको आयोजनामा सहकारी नेतृत्व तथा संस्थागत विकास तालिम सम्पन्न
वि.सं.२०८० माघ १९ शुक्रवार
shares
काठमाडौं।सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको आयोजनामा १५ दिने “नेतृत्व तथा संस्थागत विकास” बारे तालिम सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी तालिमको औपचारिक रुपमा समापन गरिएको हो ।
सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य विष्णु पौडेलको सभाध्यक्षतामा तथा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त तालिममा देशका विभिन्न जिल्लाका सहकारी संघ–संस्थाबाट २५ जनाले सहभागिता जनाएका थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले सहकारी अभियानलाई अझ प्रभावकारी बनाउन विभाग निरन्तर लागिरहने बताए । उनले तालिममा सिकेका सिपलाई स्थानीय स्तरमा प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई सुझाव दिए ।
त्यस्तै उक्त सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य विष्णु पौडेलले उक्त १५ दिने तालिमबाट सिकेका कुरालाई आ–आफ्नो सहकारीमा गई सहकारीलाई सदस्यमैत्री बनाई प्रगती गर्नुपर्ने धारणा राखे । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र आईएसओ बाट प्रमाणित सहकारी संस्था रहेको बताउँदै उनले सहकारी मार्फत उत्पादित सामग्री तथा खाद्यन्नलाई उचित बजारको व्यवस्थापन गर्नुपर्ने बताए ।
मनिता कार्कीको संयोजकत्वमा सम्पन्न भएको सो तलिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।



























