आजको मौसम:उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

1K
shares

काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

 

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

भोलि शुक्रबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा छुटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

civil hospital
Hams Hospitals