आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
वि.सं.२०८० चैत ७ बुधवार
shares
Photo By: Commuters walk through heavy monsoon rain in Shimla on Tuesday. Rain fell in several areas of India, bringing down temperatures in the region as the monsoon season approaches.
Photo Amit Kanwar
काठमाडौँ । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा केही भू-भागमा वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।
विभागले दिउँसो कोशी ,मधेश, वाग्मती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, मधेश र वाग्मती प्रदेशको थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।




























