आज साउन ०८ गते मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्

29.9K
shares
Nabil bank

 

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा फाइदf हुनेछ। कर्मयोगले मानसम्मान दिलाउनेछ।

 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।

 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आर्थिक लाभ उठाउन सकिनेछ। भौतिक साधन जुट्नुका साथै दिगो काम थाल्ने समय छ। अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। रमाइलो यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। तर, भेटघाटमा अलमलिनाले लक्ष्यमा बाधा पर्नेछ।

 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ। बुद्धि र बल दुवैको उपयोगले फाइदा दिलाउनेछ। कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। परिश्रम परे पनि सजिलै लक्ष्य प्राप्त हुनेछ।

 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोगले फाइदा उठाउन सकिनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।

 

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पनि पछि हट्नेछन्।

 

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

 

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष भेटघाट अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा पनि उत्साह जगाउनेछ। घमा विशेष पाहुनाकाे आगमन हुन सक्छ। रमाइलाे जमघटका बीच स्वादिष्ट परिकारकाे आनन्द पाइनेछ। आकर्षक उपहारसमेत प्राप्त हुने समय छ।

 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

 

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि मनग्गे लाभ मिल्नेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x