Banner ad for NADA AUTO SHOW -2026

आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

1.1K
shares

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

 

महाशाखाले बुधबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ।

 

 

 

त्यस्तै राति बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

कर्णाली प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

civil hospital
Hams Hospitals