गीतकार डा. दामोदर रेग्मीको वालगीत सार्वजनिक

2.7K
shares

 

काठमाडौं।प्रशासनविद तथा गीतकार डा. दामोदर रेग्मीको आजका हामी वालक भोलीका देशका धरोहरु वील रहेको वालगीत सार्वजनिक भएको छ । वाल वालिकाहरुको समूह गायनमा रहेको उक्त गीतमा वि पि वाग्लेको संगीत रहेको छ ।

 

गीतकार डा. दामोदर रेग्मीले गीत देशप्रेमको भावनामा आधारित रहेको वताए । संगीतकार वि पि वाग्ले नेपाली गीत संगीत क्षेत्रका आशालाग्दा संगीतकार रहेको र धेरै नेपाली चलचित्रहरुमा संगीत दिइसकेको र यस गीतमा सो क्षमता उहांले प्रदर्शन गरेको उनले वताए । संगीतकार वि पि वाग्लेले प्रशासनविद तथा गीतकार डा. दामोदर रेग्मीको देशप्रेमको भावनामा आधारित वालगीत अतिनै राम्रो रहेको वताए । उहांका अन्य गीतहरु जस्तै यो गीतमा पनि सुन्दर शव्द रहेको संगीतकार वि पि वाग्लेले वताए ।

 

गीतकार डा दामोदर रेग्मीको स्वरमा आनन्द कार्की, मुरलीधर, आनि छोइंग डोल्मा, प्रताप दास, अनु चौधरी, समीक्षा अधिकारीले स्वर दिइसकेका छन् भने सवै गीतहरु लोकप्रिय रहेका छन् । डा दामोदर रेग्मी दशै तिहारको वीचमा गीतकार डा दामोदर रेग्मीको शव्द, आनि छोइंग डोल्माको स्वर किर्ती न्यौपानेको संगीत, मिथिला शर्माको अभिनय र कृष्णदेव रुपाखेतीको निर्देशनमा जिन्दगीको पाठशाला वोलको गीतको भिडियो सार्वजनिक हुदैछ ।निर्देशक कृष्णदेव रुपाखेतीले जिन्दगीको पाठशाला जस्तो गीत एक जुगमा एक पटक आउने र यसवाट मैले धेरै अपेक्षा गरेको छु र यस गीतले नेपाली गीत संगीतको क्षेत्रमा नयां आयाम थप्ने कुरा बताए ।

अहिले सार्वजनिक भएको गीतको लिंक

 

 

civil hospital
Hams Hospitals