Banner ad for NADA AUTO SHOW -2026

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, हेर्नुहोस् कति पुग्यो आज

2.8K
shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा सुनको मूल्य एक लाख ७० हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा १५ सय रुपैयाँले मूल्य बढेर एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको आज मूल्य २२ सय रुपैयाँ बढेको हो ।

 

 

यता चाँदीको मूल्य पनि आज तोलमा १५ रुपैयाँले बढ्दै २१ सय २० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २१ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals