सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८१ मंसिर १८ मंगलवार
1.1K
shares
shares
काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


























