रवि लामिछाने अझै ५ दिन हिरासतमा रहने

1.3K
shares
Nabil bank

पोखरा । सहकारीको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले थप पाँच दिन हिरासतमा राख्नका लागि अनुमति दिएको हो ।

सहकारीको बचत अपचलन आरोपमा कात्तिक २ गते काठमाडौंबाट लामिछाने पक्राउ परेका थिए । सहकारी सम्बन्त्री छानबिन गर्न गठित विशेष संसदीय समितिको सिफारिसमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने सहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको बचत अपचलन गरेको लामिछानेमाथि आरोप छ ।

रास्वपा समर्थकहरुलेले षडन्त्रपूर्वक पक्राउ गरिएको भन्दै रिहा गर्न मागसहित आन्दोलन गर्दै आएका छन् ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited