आजको मौसम कस्तो छ थाहा पाउनुहोस्
वि.सं.२०८१ पुस १६ मंगलवार
1K
shares
shares
काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मध्य तथा पश्चिम तराईका केही स्थानहरूमा हुस्सु लागेको छ र बाँकी भागमा मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ ।
राती पनि देशैभरीको मौसम सफा रहने सम्भावना रहेको छ।


























