भुटानी शरणार्थी प्रकरण : प्रतीक थापाको मुद्दामा कैफियत झिकाउन सर्वोच्चको आदेश
वि.सं.२०८१ पुस २२ सोमवार
shares
काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि सर्वोच्चमा दर्ता गराएको निवेदनमा कैफियत आदेश माग भएको हो ।न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापाको हकमा उच्च अदालतबाट भएको आदेश झिकाउने आदेश भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनले थापा गृहमन्त्री हुँदा बिचौलियाको काम गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुनुअघि नै उनी फरार भएका थिए।
फरार नै देखाएर मुद्दा दायर गरेपछि उनी २०८१ असार १४ गते पक्राउ परेका थिए । लगत्तै उनलाई जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उनी त्यसपछि उच्च हुँदै २०८१ पुस २१ गते सर्वोच्च पुगेका थिए । उनले आफू धरौटीमा रिहा हुनुपर्ने माग गरेका छन् । काठमाडौँ जिल्ला अदालतको भदौ २ गते उनलाई थुनामा पठाएको थियो भने पुस १ गते उच्च अदालत पाटनले उक्त आदेश सदर गरेको थियो ।































