धादिङमा दुई समूहबिच कुटाकुट हुँदा घाइते भएका पुरुषको मृत्यु, १ जना पक्राउ

1K
shares

 

काठमाडौँ । धादिङको खनियाबास गाउँपालिका–१ स्थित झार्लाङमा सामान्य विवादमा दुई समूहबिच कुटाकुट हुँदा घाइते भएका पुरुषको मृत्यु भएको छ । पुस १४ मा कुटाकुट हुँदा घाइते भएका ४५ वर्षीय रामबहादुर तामाङले उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा ज्यान गुमाएका हुन् ।

उनको हत्यामा संलग्न आरोपमा प्रहरीले झार्लाङ घर भएका २४ वर्षीय नेशन तामाङलाई पक्राउ गरेको छ । उनी विरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डीएसपीले जानकारी दिए । सँगै बसेर मदिरा खाँदै गर्दा विवाद भएपछि दुई समूहबिच कुटाकुट भएको थियो

civil hospital
Hams Hospitals