रवि लामिछानेलाई फेरि हिरासतमा पठाइयो

वि.सं.२०८१ पुस २८ आइतवार
shares

काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेलाई फेरि हिरासतमा पठाइएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान सकिएपछि थुनछेक बहसका निम्ति जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो । तर, सरकारी वकिलहरू ढिला गरी अदालत पुगेपछि बहस सुरु हुन नसकेको हो ।
थुनछेक बहस सुरु हुन नसकेपछि लामिछानेलाई हिरासतमा राख्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।अब लामिछाने थुनछेक बहस नसकिँदासम्म हिरासतमै रहनेछन् । उनीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दायर भएको छ।
गएको बिहीबार लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर उनी बिहीबार नै थुनामुक्त भएका थिए ।