रवि लामिछानेलाई फेरि हिरासतमा पठाइयो
वि.सं.२०८१ पुस २८ आइतवार
shares
काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेलाई फेरि हिरासतमा पठाइएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान सकिएपछि थुनछेक बहसका निम्ति जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो । तर, सरकारी वकिलहरू ढिला गरी अदालत पुगेपछि बहस सुरु हुन नसकेको हो ।
थुनछेक बहस सुरु हुन नसकेपछि लामिछानेलाई हिरासतमा राख्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।अब लामिछाने थुनछेक बहस नसकिँदासम्म हिरासतमै रहनेछन् । उनीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दायर भएको छ।
गएको बिहीबार लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर उनी बिहीबार नै थुनामुक्त भएका थिए ।











![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-312x224.jpg)






![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-150x150.jpg)










