मोबाइल पसलमा चोरी
वि.सं.२०८१ माघ २ बुधवार
783
shares
shares
नवलपरासी पूर्व । कावासोतीमा मोबाइल पसलमा गएराति चोरी भएको छ ।कावासोतीस्थित बीपी चोकमा रहेको मोबाइल पसलबाट करिब २० लाख मूल्यबराबरको मोबाइल चोरी भएको सञ्चालक विशाल तिवारीले दाबी गरे ।
सोमबार राति पसलको सटर फोरेर सोकेस रित्तै बनाएको उनले सुनाए । पसलको च्यानलगेट र सटरसमेत फोरेर पसल चोरी भएको हो । बीपी चोकमा रहेको यो पसलबाट ६ सय मिटर दूरीमा रहेका दुईवटा पसलमा एक महिनाअघि चोरी भएको थियो।



























