आजको मौसम कस्तो छ थाहा पाउनुहोस्

10.2K
shares
Nabil bank

 

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

कोशी, मधेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।

राति दुवै प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x