आजको मौसम कस्तो छ थाहा पाउनुहोस्
वि.सं.२०८१ माघ १४ सोमवार
1.2K
shares
shares
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ।
महाशाखाले दिएको जानकारी अनुसार आइतबारको तुलनामा सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको हो।
हिजो आइतबार यो तापक्रम ७.८ डिग्री सेल्सियस थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८ः४५ बजे पुनः मापन हुनेछ ।



























