कुटपिट हुँदा हत्या भएको आरोपमा एक जना पक्राउ
वि.सं.२०८१ माघ २० आइतवार
15.8K
shares
shares
काठमाडौं । हत्या आरोपमा एक जना पक्राउ परेका छन् । रसुवाको उत्तरगया गाउँपालिका– १ घर भई सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित बोगटिटार बस्ने ६० वर्षीय प्लेत्ता तामाङको हत्या अभियोगमा शनिबार साँझ प्रहरीले एक जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उत्तरगया गाउँपालिकाकै ५ नम्बर वडा बोगटिटार बस्ने ४३ वर्षी बिचारी तामाङ रहेका छन् ।आर्थिक लेनदेनको विषयलाई लिएर कुटपिट हुँदा प्लेता घाइते भएका थिए । उनलाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।सो क्रममा शनिबार साँझ प्लेताको निधन भएको थियो।
Subscribe
0 Comments
Oldest































