डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुखसहित पाँच जना पक्राउ

1.3K
shares
Shine resunga department bank

 

काठमाडौँ । डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख पक्राउसहित पाँच जनालाई पक्राउ गरेको छ । म्याग्दीको कुमारी बहुउदेश्यीय सहकारी संस्थाको डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । जसमा जिसस प्रमुख राजकुमार थापा, मन प्रसाद थजाली, रुद्र बहादुर गुरुङ, थम बहादुर गर्वुजा र देवी कुमारी थापा रहेका छन् ।

उनीहरूलाई म्याग्दी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई नियन्त्रणमा लिइएको म्याग्दी प्रहरीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए । उनका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ

everest Bank