सशस्त्र प्रहरीकी इन्सपेक्टर मृत फेला
वि.सं.२०८१ फागुन १२ सोमवार
1.1K
shares
shares
कास्की । सशस्त्र प्रहरी बलकी निरीक्षक (इन्स्पेक्टर) मृत फेला परेकी छन् ।कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी इन्स्पेक्टर सन्तोषी महत झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
उनी ब्यारेकको महिला शौचालयनजिकै झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।सिन्धुपाल्चोक घर भएकी महत यसै वर्ष निरीक्षकमा भर्ना भएर आधारभूत तालिम गरिरहेकी थिइन् ।सन्तोषी जवानमा भर्ना भएर ९ वर्षदेखि सशस्त्रमै कार्यरत रहेको बताइएको छ । यस घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।





























