अवैध सुनसहित चारजना पक्राउ

20.4K
shares
Nabil bank

 

 

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गएराति फ्याइ दुबईको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभ रहेका छन् ।

टर्मिनल गेटमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा तीन किलो ७४५ ग्रामसुनसहित फेला पारेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने उज्बेकिस्तानका नागरिक रहेका छन् र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेकोछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x