एआईजीमा बढुवा भएका भट्टराई को हुन? किन ११ दिन मात्रै पदमा रहन्छन्
वि.सं.२०८१ फागुन २२ बिहीवार
22.8K
shares
shares
काठमाडौं । सरकारले डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको सिफारिसका आधारमा उनी बढुवा भएका हुन् । अब भट्टराई ११ दिन मात्र पदमा रहनेछन् ।३० वर्षे सेवाहदका कारण उनले आगामी ४ चैतदेखि अनिवार्य अवकाश पाउँदैछन्। भट्टराईलाई अवकाशअघि एआईजीमा बढुवा गर्नकै लागि गृह मन्त्रालयले एआईजी रबिन्द्र केसीलाई राजीनामा दिन लगाएको थियो।
Subscribe
0 Comments
Oldest































