संगठनात्मक कार्यसंस्कृति: प्रभावकारिता र परिवर्तन

948
shares
Shine resunga department bank

 

संगठन बहुसंस्कृतिको संगम हो ।संगठनात्मक संस्कृतिमा नै संगठनको प्रभावकारिता र सक्षमता निर्भर गर्दछ । संगठनात्मक समस्याहरूको व्यवस्थापन समाधान गर्ने तत्व संगठनात्मक संस्कृति हो । संगठनात्मक संस्कृति एउटा अमूल्य सम्पति हो। संगठनात्मक संस्कृति मार्फ नै संगठनमा गतिशिलता ल्याई सुशासन कायम गर्न सकिन्छ ।लामो समय व्यतित गरेका सबै प्रकारका संगठनहरुमा आफ्नै पहिचान झल्कने किसिमको संगठनात्मक संस्कृति विकास हुँदै गएको हुन्छ । संगठनात्मक संस्कृति र संरचना सधै स्थिर हुदैन । यो समय र वातावरणअनुरूप परिवर्तन हुँदै जान्छ ।संस्कार तथा संस्कृतिले व्यक्ति, परिवार, समूह, संगठन, समाज, राष्ट्र सबैमा प्रभाव पारेको हुन्छ । व्यवस्थापनका सिद्धान्तहरुले पद्धति र प्रक्रियालाई बढि जोड दिने गरेको पाइएता पनि पछिल्लो समयमा संगठनात्मक संस्कृति र त्यसले संस्थाको कार्यसम्पादन र प्रतिष्ठामा पार्ने प्रभावलाई बढी महत्वका साथ हेर्ने गरेको पाईन्छ ।

 

संस्कृति मानवीय जीवन पद्धति हो । यो लामो समयदेखि चल्दै आएको चलन, रितिरिवाज, मानसिक विकास, परम्परा हो । व्यक्ति वा समुदाय वा समाजमा प्रचलित विचार, व्यवहार, मूल्यमान्यता, विश्वास, आस्था, सोचाइ, चालचलन, चाँडबाँड, खानपान, पूजाआजा, कलासंगीत, भाषासाहित्य, रहनसहनलाई संस्कृति भनिन्छ ।संस्कृति एकअर्कामा बाँडिन्छ, समुदायमा अवलम्बन गरिन्छ ।संस्कृति एकीकृत अर्थात् एकअर्कामा अन्तरनिर्भर र अन्तरसहयोगी हुने गर्दछ । संस्कृति गतिशील हुन्छ । संस्कृति लामो समयदेखि चलिआएको धारणा, व्यवहार, प्रकृति, विश्वास, मूल्यमान्यता हो । यो व्यक्ति वा समूहलाई एक अर्काबाट फरक दर्शाउने गरी विकसित भएको स्थिति हो ।संगठनात्मक संस्कृति संगठनात्मक व्यवहारमा प्रदर्शित हुनाले यसले कर्मचारीको व्यवहारलाई मार्गनिर्देशन गर्दछ ।

 

संगठनात्मक कार्यसंस्कृति कुनै संगठनको कार्य गर्ने तरिका, मान्यता, मूल्य, विश्वास र व्यवहारहरूको समूह हो, जसले त्यस संगठनको पहिचान र कार्यशैलीलाई परिभाषित गर्छ। यो संगठनको भित्रका कर्मचारीहरूको आपसी सम्बन्ध, नेतृत्व शैली, निर्णय प्रक्रिया र कार्यस्थलमा हुने गतिविधिहरूलाई प्रभाव पार्छ।

संगठनात्मक कार्यसंस्कृतिका विभिन्न तत्वहरू जस्तै नेतृत्व शैली, कर्मचारीहरूसँगको संवाद, कामको प्राथमिकताहरू, कार्य वातावरण र टीमवर्क हुन्छ। यस संस्कृति द्वारा कर्मचारीलाई प्रेरित गर्ने, उनीहरूको कार्यक्षमता बढाउने र संगठनका लक्ष्यहरूमा प्रगति गर्नेमा सहयोग पुर्याइन्छ।

संगठनात्मक कार्यसंस्कृतिको मुख्य पक्ष यो हो कि यसले संगठनका लक्ष्य, मिशन र दृष्टिकोणसँग मेल खानुपर्छ। सकारात्मक कार्यसंस्कृति कर्मचारीहरूको मनोबल उच्च राख्छ र तिनीहरूलाई एकताबद्ध राख्छ, जबकि नकरात्मक कार्यसंस्कृति तनाव, संघर्ष र असन्तुष्टि उत्पन्न गर्न सक्छ। यसरी, संगठनको सफलता र दिर्घकालीन विकासका लागि एक बलियो र सहयोगी कार्यसंस्कृति अनिवार्य हुन्छ।

संगठनका व्यक्तिहरूले साझा रूपमा अवलम्बन गरेका व्यवहार, प्रवृत्ति, मूल्यमान्यता,धारणा, आस्था विश्वासलाई संगठनको संस्कृति भनिन्छ । व्यक्तिको पहिचान उसको व्यक्तित्व हो भने संगठनको पहिचान संगठनात्मक संस्कृति हो । संगठनात्मक संस्कृति कर्मचारीले बुझेको, विश्वास गरेको र अपनाएको साझा पद्धति हो ।संगठनात्मक संस्कृतिले नागरिक र सेवाग्राहीको समाजमा संगठनलाई चिनाउँछ । कर्मचारीलाई संगठनको हितानुकूल बोल्ने, काम गर्ने र जिम्मेवारी लिने बनाउँछ । संगठनका कर्मचारीहरूलाई ज्ञानार्जन, क्षमता विकास र सोको कार्यसम्पादनमा उपयोग गर्न सघाउँछ, उत्प्रेरण दिन्छ । परिणामतः उनीहरू संगठनमा टिकिरहन्छन् । संगठनात्मक संस्कृतिले पूरा संगठनलाई लक्ष्य हासिल गर्नका लागि संगठनमा भएको सम्पूर्ण जनशक्तिलाई टिममा रूपान्तरण गर्दछ भने कर्मचारीको कार्यसम्पादन स्तर बढाइ संगठनलाई परिणाम प्राप्त गर्न क्रियाशील पनि बनाउँछ । यो एउटा यस्तो क्रियाशिल तत्व हो, जूनसुक्ष्म तवरबाट एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ ।यसले संगठनको मान्यता, मूल्य, प्रथा, अभ्यास, मनोवृत्ति र अनुभवहरू समावेश गर्दछ। यस संस्कृतिको उद्देश्य समूहका सदस्यहरू एकअर्का र बाहिरी संसारसँग कसरी सम्बन्ध राख्ने अपेक्षा गरिन्छ भनेर निर्दिष्ट गर्नु हो।

प्रसिद्ध विध्वानहरु रबर्ट क्विन र किम क्यामरुनले चार प्रकारका कुलगत , तदर्थतन्त्र , बजारी र पदसोपान संगठनात्मक संस्कृतिको चर्चा गरेका छन् । कुलगत संस्कृतिले स्याहर गर्ने सिकाउने र मिलेर काम गर्ने संस्कृति सिकाउँछ । तदर्थतन्त्र संस्कृतिले संगठनमा गतिशील, उद्यमी जोखिम लिने, नयाँ सिर्जना गर्ने र काम पहिले गर्ने संस्कृतिको विकास गर्दछ । बजारी संस्कृति बजारको कार्य प्रवत्तिबाट विकास भएको हो यसले प्रतिस्पर्धाबाट परिणाम प्राप्त गर्ने संस्कृति सिकाउने गर्दछ । पदसोपानमा आधारित संस्कृतिले संगठनमा अनुशासन,आचरण, नियन्त्रण, स्थिरता, प्रभावकारिता र प्रक्रियामूलक रूपमा कार्य गर्ने संस्कृतिको विकास गर्दछ । कुलगत तथा तदर्थतन्त्र संस्कृति बढी लचकदार हुन्छ भने बजारी र पदसोपान संस्कृति तुलनात्मक रुपमा बढी स्थिर हुन्छ । बजारी र तदर्थतन्त्र संस्कृति बढी बाह्य परिवेश अनुकूल हुन्छन् भने कुलगत र पदसोपान संस्कृति बढी आन्तरिक परिवेश अनुकूल हुने गर्दछन् । संगठनात्मक संस्कृति उत्पादक हुनुपर्दछ भने अनुत्पादक पक्षहरूमा सुधार हुन आवश्यक हुन्छ । सार्वजनिक सेवाको मूल धर्म जनतालाई सेवा दिनु हो । परिणाममुखी, जनमुखी, टिम उन्मुख, प्रतिस्पर्धी स्वभाव, रणनीतिक चरित्र, अन्वेषण उन्मुख, पारदर्शिता उन्मुख, र सेवाग्राहीमुखी चरित्र आधुनिक संगठनका संस्कृतिको रूपमा विकास भएको छ । आजको नेटवर्क, सम्पर्क र सामूहिकताको युगमा सूचना तथा सञ्चार प्रविधिले डिजिटलाइज्ड जीवनपद्धति विकास गरेको छ । आफ्नो जिम्मेवारी र आफूले लिएको निर्णयप्रति उत्तरदायी बन्ने गुण पनि संस्कृतिको एउटा पाटो हो । युग अनुकूलको संगठनात्मक संस्कृतिको विकास आजको आवश्यकता हो । संस्कृति परिवर्तनका योजनाबद्ध, अपर्झट, आवधिक वा निरन्तरजस्ता धेरै रणनीतिहरू हुने गर्दछन् । परिवर्तनको प्रतिरोध गर्ने प्रवृत्ति हरेक संगठनका कर्मचारीमा पाइन्छ । संगठनात्मक संस्कृति नेतृत्वको पहुँच पर हुने भए पनि संस्कृति परिवर्तन गर्ने एजेन्ट नेतृत्व नै हो र उसको इच्छाशक्तिमा नै परिवर्तन निर्भर गर्दछ ।

कुनैपनि व्यक्ति, समूह तथा संगठनले कस्तो सोच लिन्छ ? सोहि सोच अनुसार उसले व्यवहार देखाउँछ । त्यहि व्यवहार पटक पटक गरिरहँदा बानीमा परिणत हुन्छ । सधैं प्रयोगमा उसको त्यो बानी अन्तमा संस्कारमा रुपान्तरण बन्न पुग्दछ । त्यही संस्कार एकबाट अर्को व्यक्ति परिवार, पुस्ता, वर्ग, समुहमा सर्दै जान्छ । त्यसैले संस्कार र संस्कृति कस्तो बनाउने भन्दा पनि सोच कस्तो लिने भन्ने महत्वपूर्ण विषय हो ।संगठनात्मक संस्कृति आन्तरिक र बाह्य तत्वहरुद्वारा विकास भएको हुन्छ । आन्तरिक तत्वको रुपमा सामान्यतया संगठनात्मक संस्कृति अन्तर्गत संगठनका सदस्यले बोल्ने भाषा, सोच, व्यवहार, कार्यस्थान, कर्मचारीहरुबीचको सम्बन्ध र समन्वय, विद्यमान सूचना प्रणाली र यसको उपयोग, कार्यालयलाई प्रदान गर्ने समय, सरोकारवालाहरुप्रति गरिने व्यवहार, चाप्लूसी र चाकडी, जस्ता पक्षहरु समावेश भएका हुन्छन् त्यसैगरी बाह्रय तत्वको रुपमा संगठनात्मक सँस्कृतिलाई प्रभाव पार्ने पक्षहरुमा संगठनको संरचना, नियन्त्रण प्रक्रिया, रितिरिवाज, हावापानी, संगठनको इतिहास, कानूनी हैसियत, राजनीतिक अवस्था, आर्थिक अवस्था आदि रहेका हुन्छन् ।संगठनको उच्च तहमा आसिन कर्मचारीहरु उक्त संगठनको महत्वपूर्ण सम्पतिको रुपमा रहेका हुन्छन् । व्यक्तिहरुमा वौदिक तिक्षणता, व्यवस्थापकिय कार्यकुशलता, काम सम्बन्धि विषयको ज्ञान, सिर्जनशिलता, व्यवस्थापकिय कार्यकुशलता, सिक्ने उत्सुकता, सकारात्मक सोच, स्व–निर्णय गर्ने क्षमता

प्रशासनिक संगठनहरूमा विभिन्न नकारात्मक सांस्कृतिक चरित्र पाइन्छ। कर्मचारीहरू हाकिमको निर्देशन पर्खने, समन्वय गर्न नचाहने, आलोचना सुन्न नचाहने, र पदानुक्रमको सम्मान गर्ने प्रवृत्तिमा बाँधिएका हुन्छन्। उनीहरू कार्यप्रविधिमा परिवर्तन गर्न नचाहने, टीमवर्क र सूचना साझेदारी गर्न नरुचाउने, र समय पालना र निर्णय लिन ढिलो गर्ने प्रवृत्तिमा पनि देखिन्छन्। यथास्थितिमा काम गर्न मन पराउने र नवीनतम विधिहरू प्रयोग गर्न चाहने कम देखिन्छ। त्यस्तै, निर्णय गर्दा जोखिम नलिने, प्रक्रिया पूरा गर्न चाहने, र नागरिकको पीरमर्कामा संवेदनशील नहुनु पनि एक महत्वपूर्ण सांस्कृतिक चरित्र हो। यी सबै नकरात्मक विशेषताहरू सार्वजनिक प्रशासनको कार्यप्रदर्शन र कार्यशैलीमा अवरोध उत्पन्न गर्दछन्, जसले सुधारको आवश्यकता जनाउँछ।प्रशासनिक संगठनहरूमा विभिन्न नकारात्मक सांस्कृतिक चरित्र पाइन्छ। कर्मचारीहरू हाकिमको निर्देशन पर्खने, समन्वय गर्न नचाहने, आलोचना सुन्न नचाहने, र पदानुक्रमको सम्मान गर्ने प्रवृत्तिमा बाँधिएका हुन्छन्। उनीहरू कार्यप्रविधिमा परिवर्तन गर्न नचाहने, टीमवर्क र सूचना साझेदारी गर्न नरुचाउने, र समय पालना र निर्णय लिन ढिलो गर्ने प्रवृत्तिमा पनि देखिन्छन्। यथास्थितिमा काम गर्न मन पराउने र नवीनतम विधिहरू प्रयोग गर्न चाहने कम देखिन्छ। त्यस्तै, निर्णय गर्दा जोखिम नलिने, प्रक्रिया पूरा गर्न चाहने, र नागरिकको पीरमर्कामा संवेदनशील नहुनु पनि एक महत्वपूर्ण सांस्कृतिक चरित्र हो। यी सबै नकरात्मक विशेषताहरू सार्वजनिक प्रशासनको कार्यप्रदर्शन र कार्यशैलीमा अवरोध उत्पन्न गर्दछन्, जसले सुधारको आवश्यकता जनाउँछ।सार्वजनिक प्रशासनमा संगठनात्मक कार्यसंस्कृतिको महत्त्व अत्यधिक छ। संगठनले कर्मचारीलाई खुसी बनाउने वातावरण सिर्जना गर्दा मात्रै सेवाग्राहीलाई पनि खुसी बनाउन सकिन्छ। यसका लागि कर्मचारीलाई सक्षम र परिवर्तनशील बनाउनु आवश्यक छ। सार्वजनिक प्रशासनले अधिकार र स्रोतसाधनको प्रयोगमा उत्तरदायी हुनु पर्नेछ, र निजामती सेवाले जनताको पक्षमा उत्कृष्ट कार्य गर्न अनिवार्य संस्कृतिको विकास गर्नुपर्छ। संगठनात्मक संस्कृतिलाई जिम्मेवारी, उत्तरदायित्व र नतिजासँग जोडेर विकसित गर्नुपर्नेछ। संस्कृति परिवर्तनका लागि कर्मचारीको सोच र व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक छ। सार्वजनिक संगठनले नयाँ जिम्मेवारी र चुनौतीहरूको सामना गर्न संगठनात्मक संस्कृतिलाई समय र परिस्थितिअनुसार अनुकूलन गर्दै विकास गर्नु पर्छ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रकहुन् ।)